साफ १९ वर्षमुनिका लागि ५८ खेलाडीको सूची सार्वजनिक

काठमाडौं । १९ वर्षमुनिको पुरुष साफ च्याम्पियनशिप २०२५ को लागि मुख्य प्रशिक्षक उर्जन श्रेष्ठले अन्तिम टोली छनोटका लागि ५८ खेलाडीको सूची सार्वजनिक गरेका छन् ।
भारतमा आउँदो मे ९ देखि १८ सम्म हुने प्रतियोगिताका लागि खेलाडी छनोट चैत १० देखि १२ ९मार्च २३–२५, २०२५० सम्म एन्फा कम्प्लेक्स सातदोबाटोमा हुनेछ । छनोटमा परेका सबै खेलाडीहरू चैत १० गते ९मार्च २३० बिहान ८ बजे एन्फा कम्प्लेक्समा सम्पूर्ण फुटबल किटसहित रिपोर्ट गर्न अनुरोध गरिएको छ ।
नेपाल फुटबल सङ्घ (एन्फा) ले तीन दिने छनोट प्रक्रियामार्फत उत्कृष्ट खेलाडी छान्ने तयारी गरेको छ । नेपाल यसअघि २०२३ को साफ च्याम्पियनशिपको उपविजेता बनेको थियो । यस पटक नेपाल उपाधि जित्ने लक्ष्यसहित प्रतियोगितामा सहभागी हुन लागेको हो ।
क्याटेगोरी : खेलकुद
प्रतिक्रिया