आईपीएलमा आज दुई खेल हुँदै

काठमाडौं, १० चैत । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आज दुईवटा खेल हुँदैछन्। दिउँसो पौने ४ बजे हुने पहिलो खेलमा सनराइजर्स हैदरावाद र राजस्थान रोयल्सबीच प्रतिस्पर्धा हुँदैछ।
यी दुई टोलीबीचको खेल राजीव गान्धी अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियम हैदरावादमा दिउँसो पौने ४ बजे सुरु हुनेछ। यस्तै साँझ पौने ८ बजे चेन्नई सुपर किंग्स र मुम्बई इन्डियन्सबीच प्रतिस्पर्धा हुनेछ। यो खेल एम चिदम्बरम क्रिकेट स्टेडियममा हुनेछ।
यसअघि गएराति सम्पन्न खेलमा रोयल च्यालेन्जर्स बैंगलुरुले विजयी सुरुआत गरेको छ । साविक विजेता कोलकाता नाइट राइडर्सलाई ७ विकेटले पराजित गर्दै पाहुना टोलीले विजयी सुरुवात गरेको हो।
क्याटेगोरी : खेलकुद
प्रतिक्रिया