अफगानस्तानले नेपाललाई दियो १६९ रनको विजयी लक्ष्य

काठमाडौं, २४ चैत । युथ ओडिआई सिरिजको दोस्रो खेलमा अफगानस्तान यू१९ टिमले नेपाल यू१९ टिमलाई १६९ रनको विजयी लक्ष्य प्रस्तुत गरेको छ।
मुलपानी क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको अफगानस्तानले निर्धारित ५० ओभरमा अलआउट हुँदै १६८ रन जोड्यो।
अफगानस्तानका लागि कप्तान महबुब खानले सर्वाधिक ५८ रन बनाए। उनले ११४ बलमा १ चौका प्रहार गरे। ओपनरद्वय उजाइरुल्लाह नियाजाइ र खालिद अहमदजाइले क्रमशः १९ र १० रन बनाए। नाजिफुल्लाह अमिरीले १६, खातिर स्तानिकाजाइले ११ र रोहुल्ला अरबले २७ रन बनाए।
नेपालका लागि बलिङमा सन्तोष यादवले सर्वाधिक ३ विकेट लिए। उनले १० ओभरमा १ मेडन सहित २३ रन खर्चिए। विपिन शर्मा र सिब्रिन श्रेष्ठले समान २–२ विकेट लिए। अभिषेक तिवारी र अपराजित पौडेलले १–१ विकेट लिए।
पहिलो खेलमा नेपाल अफगानस्तानसँग १३० रनले पराजित भएको थियो।
क्याटेगोरी : खेलकुद
प्रतिक्रिया