Techie IT
Samayabaddha
बिहीबार, २७ चैत्र, २०८१

शहिद रत्नकुमार वान्तवा राष्ट्रिय चेस प्रतियोगिता हुने


उर्लाबारी, २५ चैत । शहिद रत्नकुमार वान्तवा राष्ट्रिय चेस प्रतियोगिताको चौथो संस्करण चैत २७ देखि ३० गतेसम्म हुने भएको छ ।

मोरङको पथरीशनिश्चरे नगरपालिकाको फ्रेण्डशिप चेस क्लबले आयोजना गर्ने प्रतियोगिता स्थानीय सीन भिलेज पार्टी प्यालेसमा हुने छ । देशभरका दुई सय खेलाडीले सहभागि हुने अनुमान गरिएको प्रतियोगिताका विजेताले ५१ हजार नगदसहित ट्रफि पाउने छन् ।

यस्तै, दोस्रो र तेस्रो हुने खेलाडीले क्रमशः ३५ हजार र २५ हजार नगदसहित ट्रफि प्राप्त गर्ने छन् । खुलातर्फ १५ औं स्थानसम्म प्राप्त गर्ने खेलाडीलाई पुरस्कृत गरिने छ ।

प्रतियोगितामा विभिन्न चार इभेन्टमा खेल खेलाइने छ । महिला, खुल्ला, बालबालिका र भेट्रान्सका खेलाडीलाई पनि पुरस्कार प्रदान गरिने क्लबका अध्यक्ष अमीर राईले बताए । राईका अनुसार प्रतियोगितामा पुरस्कार तर्फ तीन लाख ७५ हजार रुपियाँ नगद पुरस्कारमा खर्च हुनेछ ।

चार दिनसम्म सञ्चालन हुने प्रतियोगितामा सहभागि हुन इच्छुक खेलाडीले दुई हजार रुपियाँ तिरेर सहभागिता जनाउन पाइने छ । प्रतियोगिता आयोजना गर्न १३ लाख रुपियाँ खर्च हुने अनुमान गरिएको छ ।


क्याटेगोरी : खेलकुद

प्रतिक्रिया


ताजा अपडेट