Techie IT
Samayabaddha
बुधबार, ३ वैशाख, २०८२

हङकङले नेपाललाई दियो ११६ रनको लक्ष्य


काठमाडौं, ३ वैशाख । आईसीसी यु–१९ विश्वकप एसिया छनोटमा हङकङले घरेलु टिम नेपालसामु ११६ रनको विजयी लक्ष्य पेस गरेको छ ।

बुधबार तल्लो मुलपानी क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको हङकङले ४६।२ ओभरमा अलआउट हुँदै ११५ रनको योगफल तयार पारेको हो ।

हङकङका लागि शिव माथुरले सर्वाधिक ६३ रन जोडे । यस्तै, आर्या पन्जवानीले १३, वीर माथुरले १२ र ह्यारी थोमसनले १० रन जोडे । अन्य ब्याटरले भने दोहोरो अंकमा रन जोड्न सकेनन् । नेपालका लागि युवराज खत्रीले सर्वाधिक ४ विकेट लिए । यसैगरी, विपिनप्रसाद शर्माले ३, सन्तोष यादवले २ र अशोक धामीले १ विकेट लिए ।

नेपालले यसअघि पहिलो खेलमा यूएईलाई ५ रन र ओमानलाई ८ विकेटले पराजित गरेको थियो ।


क्याटेगोरी : खेलकुद

प्रतिक्रिया


ताजा अपडेट