Techie IT
Samayabaddha
सोमबार, ८ पुस, २०८१

अजिरकोटको मुहार फेर्न पालिका अध्यक्ष देवकोटाले देखेको सपना


आदिमकालमा यस ठाउँमा अजिरनाथ सिद्धबाबाले आएर योग साधना गरेको हुँदा अजिरनाथ सिद्धबाबाको नामबाटै अजिरनाथ भन्दाभन्दै अजिरकोट नाम रहन गएको पौराणिक भनाइ पाइन्छ ।

साथै बाईसे चौबीसे राज्यको समयमा यस राज्यलाई कसैले जित्न नसक्ने हुँदा यस कोटलाई अजिताकोट भन्दाभन्दै अजिरकोट भनी नाम रहन गएको ऐतिहासिक भनाइ रहेको छ ।

संघीय गणतन्त्र नेपाल भएपश्चात नेपालमा संघ, प्रदेश र स्थानीय तहमा विभाजन भएको छ । यसैक्रममा गोरखा जिल्लामा एघार स्थानीय तहमा परिणत भएको छ । जसमा साविकको घ्याच्चोक, खरिबोट, हंशपुर, सिम्जुङ्ग र मुच्चोक गाविसहरुलाई एकीकृत गरी अजिरकोट गाउँपालिकाको गठन भएको छ ।

अजिरकोट गाउँपालिकामा २०७९ को स्थानीय निर्वाचनमा पालिका अध्यक्ष नेकपा (माओवादी केन्द्र) का ऊर्जाशील युवा नेता दीपक देवकोटाले विजय हासिल गरेका छन् । उनले आफ्नो कार्यकालमा गाउँको विकास र समृद्धिका लागि महत्वपूर्ण योगदान दिन प्रतिवद्ध रहेको जनाएका छन् । अध्यक्ष देवकोटाले थुप्रै सकारात्मक कार्यहरू अगाडि बढाएका पनि छन्, जसले गाउँको अवस्थालाई सुधार्न महत्वपूर्ण भूमिका खेलेको छ ।

पूर्वाधार विकास

भूगोलको हिसाबले दुर्गम क्षेत्रहरु पनि जोडिएकोले पूर्वाधारको क्षेत्रमा विशेष ध्यान पु¥याउने र नागरिकको जीवनमा सहजता ल्याउन गाउँपालिकाका अध्यक्ष देवकोटाले लक्ष्य राखेका छन् । गाउँपालिकाले २०८०/०८१ को बजेटबाट ७१.०६ प्रतिशत पुँजीगत खर्च गर्न सफल भएको छ । यो भन्दा अघि २०७९/०८०को आवमा पुँजीगत खर्च ७१ प्रतिशत गरेको थियो । चालू आ.व.मा पूँजीगत खर्चमा अझै सुधार गरेर जाने कुरामा अध्यक्ष देवकोटा प्रतिवद्ध रहेका छन् । गाउँमा सडक सञ्जाल विस्तार र मर्मतलाई तीव्रता दिइएको छ । अजिरकोटको दुर्गम भूगोललाई ध्यानमा राख्दै, देवकोटाले यातायातको सुविधालाई जनताको पहुँचमा ल्याउन विशेष जोड दिएका छन् । गाउँपालिकाबाट गरिने सेवा प्रवाहलाई व्यवस्थित र प्रभावकारी रुपले संचालन गर्न आफ्नै सुविधा सम्पन्न स्थायी प्रशासकीय भवन निर्माणको सुरुवात गर्न चालू आ.व.को बजेटबाट ४० लाख विनियोजन गरिएको छ । त्यस्तै आफ्नै वडा कार्यालयहरुको भवन निर्माणमा पनि पालिकाले बजेट विनियोजन गरेको छ । निर्माणाधीन भच्चेक आधारभूत अस्पताल पूर्णताका लागि आवश्यक बजेटको व्यवस्था गरिएको छ । भच्चेक बसपार्कको स्तरोन्नति, भच्चेक काफलडाँडा बुद्धसिंहटार सडक स्तरोन्नति, खानेपानी, सिंचाई सडक निर्माण तथा मर्मत तथा सामुदायिक भवन निर्माण जस्ता कार्यहरुलाई पालिकाले विशेष प्राथमिकतामा राखेको छ ।

शिक्षा क्षेत्रको सुधार

अजिरकोट गाउँपालिकामा शिक्षा क्षेत्र सुधार गर्ने देवकोटाको अभियान निकै प्रभावकारी रहेको छ । विद्यालयहरूको भवन निर्माण, शिक्षालाई गुणस्तरीय, प्रतिस्पर्धी र आधुनिक सूचना प्रविधिको प्रयोगमार्फत विद्यालयको विकासका लागि डिजिटल लर्निङ, जेहन्दार छात्रवृति कार्यक्रम, नमूना विद्यालय व्यवस्थापन अनुदान, एक विद्यालय एक उत्पादन कार्यक्रम, भच्चेक मा.वि.लाई मेगा आवासीय मा.वि.मा स्तरोन्नति जस्ता सुधारका लागि गाउँपालिकाले प्राथमिकता दिएको छ । शिक्षकहरूको दक्षता अभिवृद्धिका लागि तालिम कार्यक्रमहरू आयोजना कार्यक्रम राखिएको छ । सामुदायिक विद्यालयहरुको स्तरोन्नति शैक्षिक चुनौती कोष संचालन गरिएको छ । कक्षा ५ र ८ को परीक्षालाई गाउँपालिका स्तरीय बनाउने निर्णय गरिएको छ ।

कृषि र रोजगार सिर्जना

अजिरकोट गाउँपालिकामा कृषि मुख्य पेशा हो र अध्यक्ष देवकोटाले यसलाई आधुनिकीकरण गर्न कदम चालेका छन् । उनले गाउँमा कृषकहरूलाई आवश्यक परामर्श र तालिम प्रदान गर्न कृषि विशेषज्ञहरूसँग सहकार्य गरेका छन् । आधुनिक प्रविधिको प्रयोग र उन्नत बीउबिजन वितरणमार्फत उत्पादन वृद्धि गर्नमा उनले महत्वपूर्ण भूमिका खेलेका छन् । कृषिमा आधारित अनुदान, एक वडा एक उत्पादन प्रवद्र्धन, आलु, प्याज, बेसार, अदुवामा आत्मनिर्भर, लोकल वाइन उत्पादन अनुसन्धान, गुन्द्रुक प्रवद्र्धन कार्यक्रम, किवी, स्याउ प्रबर्द्धन, शीत भण्डार निर्माण र कृषि प्रवद्र्धन कार्यक्रमहरु आगामी योजनामा समावेश गरिएको छ । यसका साथै, देवकोटाले रोजगार सिर्जना कार्यक्रमहरू सञ्चालन गरेर गाउँका युवाहरूलाई स्वरोजगार बनाउनेतर्फ पनि प्रयास गरेका छन् ।

नागरिकलाई पशुपन्छीको व्यवसाय मार्फत आयआर्जन तथा स्वरोजगारका अवसरहरु सिर्जना गर्न पशुपंक्षी क्षेत्र अन्तर्गत दुध डेरीको स्थापना, रेन्वो ट्राउट माछा प्रवद्र्धन, पशुपन्छी परिक्षण प्रयोगशाला स्थापना तथा गोठ सुधार कार्यक्रम संचालन गर्ने लक्ष्य गाउँपालिकाले राखेको छ ।

स्वास्थ्य सेवामा सुधार

स्वास्थ्य क्षेत्रमा पनि अध्यक्ष देवकोटाले सकारात्मक सुधारहरू ल्याएका छन् । स्वास्थ्य सुरक्षाको लागि भच्चेक आधारभूत अस्पतालको स्तरीकरण, एम.डी.जी.पी. सेवा, दन्त सेवाका लागि बी.डी.एस, फिजियोथेरापी सेवा, ल्यावको स्तरोनति, पोष्टमार्टम सेवाको प्रवन्ध, प्रशुती महिला, भर्ना भएका विरामी तथा स्याहारकर्ताहरुलाई खाना खाजाको व्यवस्था, बीमा कार्यक्रम लगायत स्वास्थ्य सेवा सर्वसुलभ र गुणस्तरीय बनाउन स्थानीय स्वास्थ्य चौकीहरूको सुधार तथा नयाँ सेवा केन्द्रहरूको स्थापना गर्ने पालिका अध्यक्ष देवकोटाको लक्ष्य रहेको छ । स्थानीय स्तरमा विशेषज्ञ स्वास्थ्य शिविर आयोजना गरी जनतालाई निःशुल्क स्वास्थ्य जाँच र उपचार सेवा प्रदान गर्नु उनका केही सफल योजनाहरू हुन् । विशेषगरी मातृशिशु स्वास्थ्य सेवामा सुधार ल्याउन उनले विशेष योजना कार्यान्वयन गरेका छन् ।

महिला सशक्तीकरण र समावेशी विकास

अध्यक्ष देवकोटाको कार्यकालमा महिला सशक्तीकरणका कार्यक्रमहरू पनि प्राथमिकतामा परेका छन् । महिलाहरूलाई आर्थिक र सामाजिक रूपमा सशक्त बनाउन उनले तालिम कार्यक्रमहरू र व्यावसायिक सहयोगका योजनाहरू ल्याएका छन् । अजिरकोट गाउँपालिकाभित्रका स्नातकोत्तर, एमफिल र पी.एच.डी. गर्दै गरेका महिला अनुसन्धानकर्ताहरुलाई पालिकाभित्रका विषयहरुमा अनुसन्धान गर्न, व्यवसाय स्थापना सहयोग कोष निर्माण गरेका छन् । महिलाहरूको स्वरोजगार र नेतृत्व विकासका लागि सशक्तीकरण कार्यक्रमहरू सञ्चालन गर्नुले समाजमा लैङ्गिक समानता स्थापित गर्न सहयोग गरेको छ । साथै, समावेशी विकासको अवधारणालाई व्यवहारमा उतार्न उनले गाउँमा रहेका सबै वर्ग र समुदायहरूको समान विकास सुनिश्चित गरेका छन् ।

विपद् व्यवस्थापन र दिगो विकास

अजिरकोट जस्तो पहाडी क्षेत्रमा विपद् व्यवस्थापन महत्वपूर्ण विषय हो । अध्यक्ष देवकोटाले प्राकृतिक विपद्का जोखिम न्यूनीकरण गर्न र प्रभावित जनतालाई राहत पु-याउन विशेष योजना सञ्चालन गरेका छन् । विपद्का समयमा तत्काल राहत वितरण, सुरक्षित आवास निर्माण र दीर्घकालीन दिगो विकासका लागि विभिन्न परियोजनाहरूको सुरुवात गरिएका छन् । उनले जलवायु परिवर्तनसँग लड्न पनि पर्यावरणीय योजनाहरू ल्याएका छन्, जसमा वृक्षारोपण, माटो संरक्षण र जैविक विविधताको संरक्षणजस्ता कार्यक्रमहरू रहेका छन् । भच्चेक बजार लगायतका अन्य ठाउँहरुको फोहोरमैला व्यवस्थापनको लागि ठाउँ पहिचान गरी आई.ई.ई. तथा डी.पी.आर अगाडि बढाउने लक्ष्य पालिकाले लिएको छ । भू–संरक्षण, पानीको मूल संरक्षण, जलाधार संरक्षण जलवायु परिवर्तन, वृक्षारोपण कार्यक्रम, प्रकोप व्यवस्थापन कोष निर्माण गरेर कार्य गर्दै आएका छन् ।

पर्यटन प्रबर्द्धन

अजिरकोट गाउँपालिकामा प्राकृतिक सौन्दर्य र सांस्कृतिक सम्पदाहरूले पर्यटनका अवसरहरू प्रदान गर्छन् । अध्यक्ष देवकोटाले यसलाई चिनाउन र प्रबर्द्धन गर्न महत्वपूर्ण भूमिका खेलेका छन् । पर्यटकीय स्थलहरूको पहिचान, प्रचार–प्रसार र आधारभूत सुविधाहरूको विकासमार्फत गाउँमा पर्यटन क्षेत्रको विस्तार गर्न उनले विशेष ध्यान दिएका छन् । पर्यटनले मात्र आर्थिक वृद्धि हुने नभई स्थानीय संस्कृतिको जगेर्नामा पनि योगदान पु¥याउने उनको दृढ मत रहेको छ ।

पारदर्शिता र सुशासन

अध्यक्ष देवकोटाको नेतृत्वमा अजिरकोट गाउँपालिकामा पारदर्शिता र सुशासन कायम राख्न थुप्रै प्रयासहरू भएका छन् । उनले सार्वजनिक सम्पत्तिको सदुपयोग, योजनाहरूको कार्यान्वयनमा पारदर्शिता र जनताको सहभागिता बढाउन विभिन्न अभियानहरू सञ्चालन गरेका छन् । गाउँसभा, सामुदायिक छलफल र अनुगमनका कार्यक्रमहरू सञ्चालन गरेर जनतालाई प्रत्यक्ष रूपमा योजनाहरूमा संलग्न गराइएको छ । यसको परिणामस्वरूप, गाउँमा भ्रष्टाचारमा कमी आएको छ र जनताले सरकारप्रति विश्वास गरेको देखिन्छ ।

सूचना प्रविधिको प्रयोग

अध्यक्ष देवकोटाले गाउँपालिकामा प्रविधिको प्रयोगलाई पनि बढावा दिएका छन् । सूचना प्रविधिको प्रयोग गरेर गाउँका जनतालाई आवश्यक जानकारी पु-याउन र सेवाहरूलाई डिजिटल माध्यमबाट सहज बनाउन प्रयास गरिएको छ । यसले गाउँपालिकाको सेवा प्रवाहलाई छिटो, सहज र प्रभावकारी बनाएको छ । यसलाई थप सुदृढ र प्रभावकारी बनाउन उनी लागिरहेको जानकारी दिएका छन् ।

निष्कर्ष

दीपक देवकोटाको नेतृत्वमा अजिरकोट गाउँपालिकामा भएका यी सकारात्मक कार्यहरूले गाउँको विकासलाई गति दिएको छ । उनको दूरदर्शिता, पारदर्शिता र जनताको हितमा केन्द्रित कार्यक्रमहरूले अजिरकोट गाउँपालिकालाई समृद्ध र आत्मनिर्भर बनाउन महत्वपूर्ण योगदान दिएको छ । उनका यी सकारात्मक पहलहरूले भविष्यमा गाउँको दीगो विकास र समृद्धिका लागि महत्वपूर्ण आधार निर्माण गरेको छ ।


क्याटेगोरी : पालिका, बिचार

प्रतिक्रिया


ताजा अपडेट