Techie IT
Samayabaddha
सोमबार, ८ पुस, २०८१

ब्रिक्स शक्तिशाली हुँदै गइरहेको छ


लियोनिद साविन

२२–२४ अक्टोबर २०२४ मा कजानमा आयोजित सोह्रौं ब्रिक्स शिखर सम्मेलनले एकताका उत्कृष्ट नमुनाको साथै गतिशीलता प्रस्तुत ग¥यो ।

दश देशहरूको संघको अनौपचारिक वर्तमान बैठकले धेरै दृष्टिकोणबाट महत्वपूर्ण प्रगति हासिल गरेको छ । यो क्लबमा रुसको अध्यक्षताको वर्ष हो । सामूहिक पश्चिमले ग्लोबल साउथका देशहरूलाई आफ्नो पक्षमा लिने व्यापक प्रयास गरिरहेक र सूचना युद्ध छेडिरहेको अवस्थाको बावजुद पनि यस संरचनाका सदस्यहरु पूर्ण रूपमा सहभागी हुने चासो देखाएका छन् । ३५ देशहरूले ब्रिक्समा पूर्ण सहभागिताका लागि आवदेन दिइसकेका छन् । कुल मिलाएर, ३६ देशका प्रतिनिधिहरू कजानमा आयोजित ब्रिक्स शिखर सम्मेलनमा सहभागी भएका थिए ।

जसमा २२ देशका नेताहरूले प्रत्यक्ष रूपमा प्रतिनिधित्व गरेका थिए । यसका साथै, छ वटा अन्तर्राष्ट्रिय संस्थाहरूका प्रतिनिधिहरूको उपस्थिति थियो । जहाँ संयुक्त राष्ट्रसंघका महासचिवको उपस्थिति विश्व सञ्चार माध्यमले विशेष ध्यान दिएको थियो । नयाँ विकास बैंकका अध्यक्ष, व्यावसायिक परिषद्, अन्तरबैंक सहकार्य संयन्त्र, महिला व्यवसाय गठबन्धनका प्रतिवेदनहरू सुन्ने काम भयो ।

विभिन्न देशका नेताहरूबीच द्विपक्षीय बैठकहरू सम्पन्न भए । यसका साथै, सीआईएस देशका नेताहरू, एसिया, अफ्रिका, मध्यपूर्व र ल्याटिन अमेरिकाका विभिन्न देशका प्रतिनिधिमण्डलहरू र विभिन्न अन्तर्राष्ट्रिय संगठनका कार्यकारी निकायका प्रमुखहरूको सहभागितामा ब्रिक्स प्लस÷आउटरिच पूर्ण सत्र पनि सम्पन्न भयो ।

शिखर सम्मेलनमा सहभागी १३ देशहरूले पहिले नै ब्रिक्स साझेदार देशको स्थान प्राप्त गरिसकेका छन् । ती देशहरू हुनः टर्की, कजाकिस्तान, उज्बेकिस्तान, अल्जेरिया, बेलारुस, बोलिभिया, क्युबा, इन्डोनेसिया, मलेसिया, नाइजेरिया, थाइल्याण्ड, युगान्डा र भियतनाम । तपाईंले देख्न सक्नुहुनेछ, यी देशहरुको आकार र अर्थतन्त्रको अवस्थाले यस्तो दर्जा प्राप्त गर्ने निर्णयमा निर्भर गर्दैन ।

भ्लादिमिर पुटिन र सी जिनपिङबीचको भेटघाटपछि (ब्रिक्सभित्र रूस र चीनलाई निकट साझेदारको रूपमा उल्लेख गर्नु आवश्यक छ, जसले संयुक्त राज्य अमेरिकाको प्रभुत्वको सक्रिय रूपमा विरोध पनि गर्छन्), रूसी राष्ट्रपतिले रूसी–चिनियाँ सम्बन्ध आधुनिक विश्वमा राष्ट्रहरूबीच कसरी सम्बन्ध निर्माण गर्नुपर्छ भन्ने एउटा नमूना भएको बताए । दुबै देशबीचको सहकार्य विश्व मञ्चमा प्रमुख स्थिरता कायम राख्ने कारकहरूमध्ये एक हो । “हामी सबै बहुपक्षीय मञ्चहरूमा समन्वयलाई अझ सुदृढ गर्ने उद्देश्य राख्छौं । जसले विश्वव्यापी सुरक्षालाई सुनिश्चित गर्दै न्यायपूर्ण विश्व व्यवस्थाको स्थापना गर्नेछ,” र “हाम्रो संयुक्त कार्यहरुले हालैका वर्षहरूमा ब्रिक्सको प्रतिष्ठा र प्रभाव बढेको छ । ”

यसका प्रत्युत्तरमा सी जिनपिङले भने, “दशकौंसम्ममा, अस्थिर अन्तर्राष्ट्रिय परिस्थितिका परिक्षणहरू पार गर्दै चीन–रूस सम्बन्धले लामो यात्रा तय गरेको छ र अभूतपूर्व स्वरूप प्राप्त गरेको छ” साथै “सयौं वर्षमा अभूतपूर्व टेक्टोनिक परिवर्तनको अवस्थामा, अन्तर्राष्ट्रिय स्थितिले गम्भीर परिवर्तन र उतार–चढावको प्रक्रियाबाट गुज्रिरहेको छ । तर, यसले दुई देशहरूको आपसी दृढ समर्थनको लागि गरिएको रणनीतिक छनोटको अपरिवर्तनीयताको विश्वासलाई हल्लाउन सक्दैन ।”

संयुक्त राष्ट्र महासचिव एन्टोनियो गुटेरेसले युक्रेनमा जारी द्वन्द्वको समाधान शान्तिपूर्ण तरिकाले, संयुक्त राष्ट्र संघको चार्टर र अन्तर्राष्ट्रिय कानुनको आधारमा खोजिनुपर्ने आह्वान गर्नुभयो । “हामीलाई युक्रेनमा शान्तिको आवश्यकता छ । संयुक्त राष्ट्र संघको चार्टर, अन्तर्राष्ट्रिय कानुन र महासभाका प्रस्तावहरूअनुसारको न्यायपूर्ण शान्ति आवश्यक छ,” उहाँले अक्टोबर २४ मा आयोजित एक बैठकमा भन्नुभयो । उहाँले विश्वका सबै वर्तमान द्वन्द्वहरूलाई “संयुक्त राष्ट्र संघको चार्टरका मूल्यहरू, विधिको शासनको सिद्धान्त, क्षेत्रीय अखण्डता र सबै राष्ट्रहरूको राजनीतिक स्वतन्त्रता कायम राख्दै” समाधान गरिनुपर्नेमा जोड दिनुभयो ।

भ्लादिमिर पुटिनले उत्तर दिनुभयो, “हामी सबै एक ठूलो परिवार जस्तै भएर बस्नुपर्छ । त्यस्तैगरी हामी बाँचिरहेका छौं । दुर्भाग्यवश, परिवारमा द्वन्द्व, विवाद र सम्पत्तिको बाँडफाँडजस्ता समस्या प्रायः देखा पर्छ । कहिलेकाहीं त यो द्वन्द्वसम्म पुग्छ ।” उहाँले जोड दिँदै भन्नुभयो कि ब्रिक्सले “साझा घरमा अनुकूल वातावरण सिर्जना गर्ने” आफ्नो लक्ष्य लिएको छ । “हामी यो गर्दैछौं र हामी यसलाई गर्दै जानेछौं । संयुक्त राष्ट्र संघसँगको निकट समन्वयमा समेत,” पुटिनले निष्कर्ष निकाल्नुभयो ।

यहाँ ध्यान दिन महत्वपूर्ण छ कि ब्रिक्सलाई स्वतन्त्र संगठनको रूपमा प्रस्तुत गरिएको थियो, जसलाई वास्तवमा संयुक्त राष्ट्रसङ्घको समान स्तरमा राखिएको छ । दोस्रो, यदि हामी संयुक्त राष्ट्रसङ्घका महासचिवका शब्दहरूको कुरा गर्ने हो भने संयुक्त राष्ट्रसङ्घको चार्टरले जनताको आत्मनिर्णयको अधिकारलाई सुनिश्चित गरेको सम्झनु आवश्यक छ । र, युक्रेनसँग सम्बन्धित कुरामा, संयुक्त राष्ट्रसङ्घको चार्टर अनुसार, रूसीहरूसँग नव–नाजी शासनबाट अलग हुने पूर्ण अधिकार थियो । जुन अधिकारका आधारमा केही क्षेत्रहरू २०१४ मा अलग भएका थिए र अहिले बाँकी क्षेत्रहरूलाई रूसी सेनाले मुक्त गर्न मद्दत गर्दैछ ।

एक महत्वपूर्ण वक्तव्य भनेको संयुक्त राष्ट्रसंघको आफ्नै सुधारको आवश्यकता बारेको थियो । संयुक्त राष्ट्रसंघको संरचना आधुनिक वास्तविकतासँग अनुकूल हुनुपर्ने कुरा उल्लेख गरिएको छ र एशिया, अफ्रिका र लाटिन अमेरिकाका देशहरूलाई संयुक्त राष्ट्र संघको सुरक्षा परिषदमा थप प्रतिनिधित्व गरिनु आवश्यक छ ।

पश्चिमद्वारा लगाइएको आदेशको पर्दा पछाडि ती क्षेत्रका देशहरूको स्वतन्त्र विकासलाई नियन्त्रण गर्नका लागि प्रयासहरू भइरहेका छन् । अधिक न्यायपूर्ण विश्व व्यवस्थामा जान सजिलो छैन, गैरकानुनी एकपक्षीय प्रतिबन्धहरू, स्टोक र विदेशी मुद्रा बजारहरूको हेरफेर, साथै “लोकतन्त्रको हेरचाह” को नारामा देशहरूको आन्तरिक मामिलामा हस्तक्षेप गरिँदैछ ।

उनको भाषणमा, रूसका राष्ट्रपति भ्लादिमिर पुतिनले युक्रेनमा भइरहेको विशेष सैनिक अपरेशनको बारेमा पनि चर्चा गरे, “युक्रेनलाई रूसको सुरक्षामा महत्वपूर्ण खतराहरू सिर्जना गर्नका लागि प्रयोग गरिएको छ,” भनी स्मरण गर्दै, “रूसमाथि रणनीतिक हार थोपर्ने चाहना राख्नेहरूले देशको इतिहासलाई चिन्न सक्दैनन्, उनीहरूको गणना भ्रमपूर्ण छ ।” एकपटक फेरि, स्वतन्त्र प्यालेष्टाइनको सिर्जनामा प्रतिबद्धताको कुरा गरियोः “मध्य पूर्वमा एक समाधान केवल ऐतिहासिक अन्यायको सुधार र स्वतन्त्र प्यालेष्टाइनको निर्माणपछि मात्र सम्भव छ ।”

ब्रिक्स राष्ट्रहरू विश्व अर्थतन्त्रमा सहभागिता विषयमा, पश्चिमी विश्लेषकहरूको अनुसार पनि, आगामी पाँच वर्षमा विश्व अर्थव्यवस्था जी७ देशहरूभन्दा ब्रिक्स राष्ट्रहरूमा बढी निर्भर रहनेछ । अन्तर्राष्ट्रिय मुद्रा कोषको पूर्वानुमान अनुसार, रुस, चीन, भारत र ब्राजिलले आगामी समयमा हुने वृद्धिको ठूलो प्रदान गर्नेछन् । एकै समयमा, संयुक्त राज्य अमेरिका, जर्मनी र जापान जस्ता जी७ सदस्यहरूको विश्व अर्थतन्त्रमा अपेक्षित योगदानलाई न्यून र संशोधित गरिएको छ । र, इजिप्ट र भियतनाम जस्ता देशहरूले, विकासशील अर्थतन्त्रहरूको अधिक तौलका कारण खरिद शक्ति समानताको दृष्टिकोणमा मूल्याङ्कन गर्दा, जर्मनी र जापान जस्ता देशहरूको आर्थिक वृद्धि स्तरमा पुग्नेछन् । आईएमएफको पूर्वानुमान अनुसार, चीन विश्व अर्थतन्त्रको सबैभन्दा ठूलो योगदानकर्ता रहिरहनेछ । भारत, जसले विश्व वृद्धिमा महत्वपूर्ण रूपमा आफ्नो प्रभाव बढाइरहेको छ र दोस्रो स्थानमा रहनेछ ।

यो महत्त्वपूर्ण छ कि ब्रिक्स शिखर सम्मेलनको समयमा, रुसी अर्थमन्त्री एन्टन सिलुआनोवले भने कि रूसले पश्चिमद्वारा रुसी संघका फ्रिज गरिएका सम्पत्तिहरूको आयको प्रयोगमा समानुपातिक प्रतिक्रिया दिनेछ र देशमा पश्चिमी सम्पत्तिहरूको आयको प्रयोग सुरु गर्नेछ । नयाँ उपकरणहरू पनि उद्देश्यपूर्वक प्रस्तुत गरिनेछन् । जस्तै ब्रिक्स अनाज विनिमय, जसले, पुटिनका अनुसार, राष्ट्रिय बजारलाई बाह्य हस्तक्षेप र सट्टाबाजीबाट जोगाउन मद्दत गर्नेछ ।

ब्रिक्सको विस्तार हुँदै गरेको ढाँचा र क्षमताका विदेशी अतिथिहरूको मूल्यांकनमा, टर्कीका राष्ट्रपति रसेप ताइप एर्दोगानले भने कि “टर्की ब्रिक्सका लक्ष्यहरूमा विश्वास गर्दछ जसले न्यायपूर्ण विश्व व्यवस्था र व्यापार सम्बन्धहरू सिर्जना गर्छ ।” र सर्बियाका उप प्रधानमन्त्री अलेक्जन्डर वुलिनले यसको रचनात्मक भूमिकाबारे उल्लेख गरे । उनले भने, “ब्रिक्सबाट कसैले हामीलाई कोसोवोलाई मान्यता दिन, रिपब्लिका सर्पस्का छोड्न वा यूरोपीय संघ वा अरूसँग प्रतिबन्ध लगाउन माग गर्दैन । ब्रिक्समा, तपाईँसँग केही माग गरिएको छैन, तर तपाईँलाई एकदमै नयाँ विश्वको प्रस्ताव गरिएको छ ।”

ब्रिक्सको घोषणा पत्र, जुन अक्टोबर २३ मा प्रकाशित भएको थियो, ४० भन्दा बढी पृष्ठहरूको छ र केही हदसम्म हालैको एससीओ र सीआईएस शिखर सम्मेलनका थेसिसहरूको पुनरावृत्ति गर्दछ । यसमा विभिन्न मुद्दाहरूलाई समर्पित धेरै शीर्षकहरू छन् ।

तर, ती सबै विश्वव्यापी राजनीतिक र आर्थिक संरचनामा परिवर्तन र बहुध्रुवीयता । “पश्चिमको नियम–आधारित व्यवस्था” को सट्टा अधिक न्यायपूर्ण विश्व व्यवस्थाको चाहनासँग सम्बन्धित छन् । यसैबीच, युरोपेली संघले एकल प्रतिबन्धको अस्वीकार्यताको अनुच्छेदमा आफ्नो संलग्नता अस्वीकार गर्न तत्परता देखायो ।

सम्मेलनको पछि, रूसका राष्ट्रपति पनि एक पत्रकार सम्मेलनमा उपस्थित भए, जहाँ उनले भने, “असाधारण रूपमा, मैले उल्लेख गरेका सबै बैठक र कार्यक्रमहरू परम्परागत ब्रिक्स व्यापारिक र खुला तरिकामा, आपसी समझदारीको वातावरणमा सम्पन्न भएका थिए । सँगै काम गर्ने यस रचनात्मक दृष्टिकोणले हामीलाई तीन दिनको अवधिमा विस्तृत रूपमा विविध मुद्दाहरूको बारेमा छलफल गर्न अनुमति दियो ।”

उनले भने, “हामीले पुष्टि गरिसकेका छौं कि ब्रिक्स बन्द ढाँचा होइन, यो ब्रिक्सका मूल्यहरूसँग सहमत भएका सबैका लागि खुला छ, र यसको सदस्यहरू बाह्य आदेशहरू वा अरूसँग सीमित दृष्टिकोणहरू थोपर्नका लागि प्रयास बिना सामूहिक समाधानहरू खोज्नमा काम गर्न तयार छन् । ब्रिक्सले यस प्रकारको सहयोगको लागि विश्वमा बढ्दो मागको जवाफ दिन सक्दैन । यस अनुसार, हामीले नयाँ श्रेणी – साझेदार राज्यहरू – स्थापनाको माध्यमबाट ब्रिक्सको सम्भावित विस्तारका समस्याहरूमा विशेष ध्यान दिएका छौं ।”

राष्ट्रपतिको शब्दको पुष्टि गर्दै, यसमा थप्न सकिन्छ कि चीन र भारतका नेताहरू, जसले धेरै विषयहरूमा विरोधीका रूपमा व्यवहार गर्छन्, शिखर सम्मेलनमा कुरा गरिरहे । साथै, आर्मेनिया र अजरबैजानका राष्ट्रपतिहरूले पनि कुराकानी गर्न सके । यसले फेरि एकपटक यो प्लेटफर्मको महत्व र रूसको रचनात्मक भूमिकाको पुष्टि गर्छ, जसले बेमेल र गलतफहमीहरूलाई सहज बनाउन मद्दत गर्दछ । तर यस्ता मामिलामा, पश्चिमको सहभागिता र प्रभाव महत्वपूर्ण कारक रहन्छ । युक्रेनको उदाहरणले देखाउँछ कि जहाँ पश्चिमले आफ्नो राजनीतिक इच्छा थोपर्दछ, त्यहाँ बेमेल र संघर्ष सधैं जन्मन्छ ।
अनुवादः मोहनप्रसाद ज्ञवाली


क्याटेगोरी : बिचार

प्रतिक्रिया


ताजा अपडेट